नुवाकोट ककनीमा भेलले मोटरसाइकल बगाउँदा मृत्यु हुने दुई बालबालिका को को हुन ?
काठमाडौं । नुवाकोट ककनी गाउपालीका – १ मा सडकमा एक्कासी आएको भेलले मोटरसाइकल बगाउदा १ जनाको मृत्यु भएको छ भने १ जना बेपता रहेका छन ।
ककनी गाउँपालिका २ का शिवराम घिमिरेको छोरा ४ वर्षीय श्रेयान र ८ वर्षीया छोरी बेविसालाई सडकको भेलले बगाएको हो । नेपाल प्रहरी र स्थानियको सहयोगमा छोरी २५ मिटर तल गम्भीर अवस्थामा फेलापरेपनि अस्पताल लाने क्रममा उनको मृत्यु भएको हो । छोरा अझ भेटिएको छैन ।
बा ८० प ७९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा सडकमा बगेको ठूलो भेलले उनीहरुलाई दुवैलाई बगाएको थियो ।काठमाडौं महानगरको फोहोरमैला लैजाने सडकमा ठुलोखोलाबाट ३०० मिटरपर दुर्घटना भएको हो ।
मामाघरबाट टिका लगाई घर आउने क्रममा सडकमा आएको भेलले मोटरसाइकल बगाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #भेलले मोटरसाइकल बगाउदा मृत्यु हुने दुई बालबालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्