शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिदैन: शंकर पोखरेल

पोखरा। नेकपा एमालेमा महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जनमत विरोधी भएको बताएका छन् ।
नेकपा एमाले कास्की जिल्ला कमिटीले पोखरामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई घेराबन्दी गरिएपछि, जनादेश खण्डित गर्ने षडयन्त्र शुरू भएको र ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको भन्दै उनले प्रचण्ड र माधन नेपाल जनमतका विरोधी भएको बताएका हुन् । तत्कालीन परिस्थितिमा केपी ओलीले नयाँ जनमतमा जाने निर्णय गर्नु लोकतन्त्रको विरूद्धमा हुँदै नभएको प्रष्टीकरण उनले दिएका छन् ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले देशको नेतृत्व गरिरहेका दलका नेताहरू आज नेपाली काँग्रेससँग निर्वाचनमा उम्मेदवारी दिने सीट माग्ने अवस्थामा पुगिरहेको चर्चा गर्दै भने, ‘नेकपा एसलाई सोध्न चाहन्छु, १७ सीटको भीख माग्न लज्जाबोध हुँदैन ? समाजवादको गफ हाँक्ने नेताहरू शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिन्छ ? मजाक गर्ने ? माओवादीका नेताहरू के शेरबहादुर देउवालाई नेता मान्न १७ हजारको बलिदान गरेको हो ?’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्