निमुखा जनताको पक्षमा राजनीति गर्न युवा वर्गलाई पूर्वराष्ट्रपतिको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्न युवा वर्गलाई आग्रह गरेका छन् ।
१५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शुक्रबार काठमाडौंको काँडाघारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने भन्दै युवा वर्गलाई आग्रह गरेका हुन् । अहिंसाको बाटोबाट निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने उनको भनाइ छ ।
मानिसबाट भएको प्रकृतिको विनासबाट नेपाल मात्र नभएर विश्वमा बढेको जलवायु परिववर्तनले मानव सभ्यता संकटमा पर्ने जोखिम बढेको बताएका पूर्वराष्ट्रपति यादवले देश नै संकटमा पर्दा पनि अहिलेका नेतृत्वलाई मतलब नभएकाले अब युवा राजनीतिमा आउनुपर्ने बताएका हुन् ।
प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य, इन्धनजस्ता संकट बढेको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. रामवरण यादव, #पूर्वराष्ट्रपति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्