सीमासुरक्षा थप प्रभावकारी बनाउन दुई मुलुकका सुरक्षा अधिकारी सहमत
काठमाडौँ । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले बैठकको नेतृत्व गर्नुभएको थियो । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउने, दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्नेलगायत सहमति भएको छ ।
दुई सुरक्षा अधिकारीबीच भएको हस्ताक्षरमा सीमा नाकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति पनि भएको सशस्त्र प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सीमासुरक्षा थप प्रभावकारी बनाउन दुई मुलुकका सुरक्षा अधिकारी सहमत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्