टोखा ग्रिनल्यान्डमा विनायक अन्नपूर्ण पार्कको मेयर अधिकारीद्वारा उदघाटन
टोखा नगरपालिका वार्ड नम्बर ८ ग्रिनल्यान्डमा सोमवार एक कार्यक्रमका साथ विनायक अन्नपूर्ण पुस्प वाटिकाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उदघाटन गरेका छन । स्थानीय टोल सुधार समितीको पहलमा कब्जा गरिएको करिव २ रोपनी सार्वजनिक जग्गामा बनाईएको उक्त पुस्प वाटिकाको उदघाटन गर्दै मेयर अधिकारीले स्थानीय र टोल सुधार समितिलाई धन्यवाद दिए ।
उनले विनायक अन्नपूर्ण पुस्प वाटिकालाई नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बाचा पनि गरे । मेयर अधिकारीले टोखा नगरपालिकाका अन्य क्षेत्रमा कब्जा गरिएका सरकारी सम्पत्ती पनि स्थानीय र नगरपालिकाको पहलमा कब्जा गरिने बताए । उनले नगरपालिकाले ३५ दिने सुचना सार्वजनिक गरिसकेको जनाउदै उक्त समयभित्रमा सार्वजनिक जग्गा प्रयोग गरेकालाई छाड्न आग्रह गरे । मेयर अधिकारीले नगरपालिकाको सुचनालाई अमान्य गरिएमा बल प्रयोग गरेर पनि अतिक्रमण भएको सार्वजनिक जग्गा सरकारी मातहतमा लिई छाड्ने दाबी गरे ।
कार्यक्रममा मेयर अधिकारीले नगरपालिकाको प्रत्यक वार्डमा एउटा पुस्पवाटिका बनाउने योजना रहेको जनाउदै स्थानीयसँग सहकार्य गरेर बिकास निर्माणको काम गर्ने आफ्नो योजना रहेको बताए । कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ्गले स्थानीय बासिन्दाको उक्त कार्यको प्रशंशा गर्दै नगरपालिकाले विनायक अन्नपूर्ण पुस्प वाटिकाको लागी जस्तो प्रकारको सहयोग गर्ने बताए ।
कार्यक्रममा टोखा नगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष रमेश खत्रीले उक्त कार्यको प्रशंशा गर्दै मिचिएका सार्वजनिक जग्गा छिट्टै नगरपालिका मातहतमा ल्याइने बताए ।
पुस्प वाटिका उदघाटन कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै सदस्य कबिन्द्र थापाले पार्क निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । उक्त कार्यक्रममा अन्नपूर्ण टोल सुधार समितिका कोषाध्यक्ष राम प्रसाद श्रेस्ठले नगरपालिकाले यस्ता सार्वजनिक जग्गा नियन्त्रणमा लिनुपर्ने बताए भने टोखा नगरपालिका वार्ड नम्बर ८ का वार्ड सदस्य अनुप राईले टोलवासीलाई धन्यवाद ब्यक्त गरे । उक्त कार्यक्रमको सभापती एबं विनायक अन्नपूर्ण पुस्प वाटिकाका अध्यक्ष हरिमाया अधिकारीले पार्क निर्माण गरेर आफ्नो सपना पुरा भएको बताईन ।
अध्यक्ष अधिकारीले पार्क निर्माणमा अहोरात्र खटिने टोलवासी र सहयोग गर्ने नगरपालिकालाई धन्यवाद ब्यक्त गर्दै यो पार्क आफुहरुले नमुनाको रुपमा निर्माण गरेकाले यसलाई शिक्षाको रुपमा लिदैँ नगरपालिकाले अन्य क्षेत्रका सार्वजनिक जग्गालाई पनि नगरपालिका मातहत ल्याऊनुपर्ने बताईन । कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्