मधेश प्रदेशको कुल मतदाता सङ्ख्या ३३ लाख ८६ हजार

जनकपुरधाम । मधेश प्रदेशको आठ वटा जिल्लामा नयाँ मतदाता थप सँगै मतदाताको सङ्ख्या ३३ लाख ८६ हजार ६ सय २८ पुगेको छ ।
निर्वाचन कार्यालय मधेश प्रदेशले जानकारी दिए अनुसार १८ लाख २७ हजार ८ सय ५४ पुरुष र १५ लाख ५८ हजार ७ सय ४ महिला र फरक लिङ्गका ७० जना मतदाता रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सूचना अधिकारी कृष्णचन्द्र राउतले जिल्लागत रुपमा सप्तरीमा २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी जम्मा ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेका छन् ।
सिरहामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६ सय ११ महिला र अन्य २ गरी जम्मा ४ लाख २२ हजार ७ सय १२ मतदाता रहेका छन् । धनुषामा २ लाख ५२ हजार ९ सय १५ पुरुष र २ लाख २१ हजार ६ सय ६५ महिला र अन्य ७ जना गरी ४ लाख ७४ हजार ५ सय ८७ मतदाता रहेका छन् ।
महोत्तरी जिल्लामा २ लाख १५ हजार १ सय ३१ पुरुष, १ लाख ८१ हजार ८ सय ९८ महिला र अन्य एक जना गरी कुल ३ लाख ९७ हजार ३० मतदाता कायम भएका छन् । सर्लाहीमा २ लाख ५९ हजार ४ सय १४ पुरुष, २ लाख १९ हजार ६ सय १४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन् ।
यसै गरि रौतहटमा २ लाख २७ हजार २ सय २९ पुरुष, १ लाख ८८ हजार २ सय ५५ महिला र एक जना अन्य गरी जम्मा ४ लाख १५ हजार ४ सय ५५ मतदाता छन् । बारामा २ लाख ३६ हजार ८ सय ८० पुरुष, १ लाख ९६ हजार ६१२ महिला र १२ जना अन्य गरी कुल ४ लाख ३३ हजार ५ सय ४ मतदाता रहेका छन् ।
त्यस्तै, पर्सामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कुल ३ लाख ४५ हजार ९ सय २८ जना मतदाता रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन कार्यालय मधेश प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्