Techie IT
मंगलबार, वैशाख २३,२०८२

गठबन्धनको कुनै गन्तव्य छैन : एमाले अध्यक्ष ओली


काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका दलहरुलाई आफ्नो गन्तव्य पत्ता लगाउन चुनौती दिनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘गठबन्धनलाई सोध्न चाहन्छु, तपाईंहरुको गन्तव्य के हो रु जसरी पनि सत्ता प्राप्त गर्ने। घुँडा टेकेर, उहाँहरुको पेन्ट सुरुवाल यसो माथि तान्न लगाएर हेर्नु त कस्तो भएको छ । जोत्दा जोत्दा गोरुको काँध बाक्लो भएको हुन्छ नि, त्यस्तै भएको छ। टेक्दा टेक्दा उहाँहरुको हालत त्यस्तै भएको छ।’

गठबन्धनलाई जसले कुवामा हालेको उसैले मात्र निकाल्न सक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुयो, ‘उहाँहरुलाई कुवामा जसले हाल्यो उसले मात्र निकाल्न सक्छ, अरुले सक्दैन्। उहाँहरु अस्तित्व रक्षाको प्रयासमा हुनुहुन्छ।’उहाँले माओवादी पार्टी नभई केन्द्रमात्र भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादी भनेको पार्टी होइन त्यो केन्द्र हो। त्यो उसको नामैले भनेको छ।’

राजनीति भावनामा मात्र बगेर नहुने अध्यक्ष ओलीले बताउनु भयो । उहाँ भन्नुहुन्छ( ‘हल्लाका पछि कुद्नु बेग्लै कुरा हो। राजनीति भावनामा बगेर हुने कुरा होइन्। देशको प्रगती, सुरक्षा र परिवर्तन पनि भावनामा बगेर हुने कुरा होइन।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #गठबन्धनको कुनै गन्तव्य छैन, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545