राष्ट्रपति भण्डारीको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी छन् ।
संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने हुन्छ । पहिलो पटक संसदका दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै उनले सन्देश सहित साउन २९ फिर्ता पठाएकी थिइन्।
संसदको दुवै सदनबाट पास भएको उक्त विधेयक पुनः भदौं २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि विधेयक राष्ट्रपतिकहाँ पठाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सत्ता गठबन्धनको बैठक बस्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्