चितवनका प्रहरी प्रमुख नवराज अधिकारी नेपाल प्रताप सुभुषण विभूषितबाट सम्मानित
चितवन । सरकारले प्रहरी उपरीक्षक नवराज अधिकारीलाई नेपाल प्रताप सुभुषण विभूषितबाट सम्मान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख समेत रहेका अधिकारीलाइ संविधान दिवशको अवसर पारेर सरकारले बिभूषणबाट सम्मान गरेको हो । प्रहरी उपरीक्षक अधिकारीलाइ नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभीबृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त पदक दिइएको बताइएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । मन्त्रिपरिषदको गत, भदौ ३१ गतेको निर्णयानुसार चितवनका प्रहरी प्रमुख अधिकारी सहित देशभरबाट ९९८ जनालाई विभिन्न पदक मार्फत विभूषण गरिएको हो ।
सरकारले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान
पुर्याएकालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्दै आएको छ । अधिकारी यसअघि बागमती प्रदेश सरकारबाट समेत सम्मानित भएका थिए । उनलेे नेतृत्व गरेको चितवन जिल्ला प्रहरी कार्यालय बागमती प्रदेशकै सर्वोत्कृष्ट भएको भन्दै यसअघि नै प्रदेश प्रहरी कार्यालयले समेत पुरस्कृत गरिसकेको थियो ।
सफल अनुसन्धानकर्मी रूपमा समेत चिनिएका अधिकारी नेपाल प्रहरीमा ब्यवसायिक पृष्ठभुमि बनाउन सफल प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्