जिवनरक्षा गर्ने क्रममा कसैले पनि आत्माहत्याको बाटो रोज्न हुँदैन : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जिवन रक्षा गर्ने क्रममा कसैले पनि आत्माहत्याको बाटो नरोज्न आग्रह गरेका छन् । नेपाल प्रहरीले काठमाण्डौँमा आइतबार आयोजना गरेको आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले जिवन महत्वपूर्ण भएको र आफ्नो जिवन र क्षमतालाई अझ महत्वपूर्ण बनाउनुपर्ने बताएका छन् ।
“कसैले पनि आत्माहत्याको बाटो नरोज्नुहोस । जिवन महत्वपूर्ण छ । यसको जन्म र सृष्टि राम्रा कार्यको लागी भएको छ । आफ्नो जिवन र क्षमतालाई अझ महत्वपूर्ण बनाउ । अरुलाई सहयोग गर्ने र क्षमता वृद्धि गर्ने काम गरौं ।त्यसैले सबैभन्दा पहिले आफ्नो जिवनको रक्षा गरौं ।”
सबै जनाले यस्ता घटनालाई रोक्नका लागि आफैले प्रतिबद्धता गर्न आवश्यक भएको बताएका छन् । हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाईन्छ ।
विश्वमा प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ। प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन। १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको छ। पचहत्तर प्रतिशत कम तथा मध्यम आम्दानी भएका राष्ट्रमा आत्महत्याको जोखिम रहेको पाइन्छ। पुरुषहरूभन्दा महिलामा आत्महत्या प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या महिलाको भन्दा पुरुषको ३ गुणाले बढी छ। यसमा उमेर समूहको कुरा गर्दा १५ देखि २४ वर्षका बालबालिका, युवायुवती र वयस्क पर्छन् भने ७५ वर्ष भन्दा माथिकाले आत्महत्या गरेको पाइन्छ ।
एक जनाले आत्महत्या गर्दा अरू २५ जनाले आत्महत्याको प्रयास गरेको पाइन्छ। नेपालमा प्रत्येक महिना २४ जनाले आत्महत्या गर्छन् र यो विश्वमै सातौं उच्च दर हुन गएको छ। २०७६÷०७७ मा मात्र ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जिवनरक्षा गर्ने क्रममा कसैले पनि आत्माहत्याको बाटो रोज्न हुँदैन : गृहमन्त्री खाण, #बालकृष्ण खाँण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्