Techie IT
बिहीबार, वैशाख १७,२०८३

चोलेन्द्रलाई सर्वोच्च छिर्न दिँदैनौं : बार एशोसिएसन


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेपाल बार एशोसिएसनले सर्वोच्च छिर्न नदिने भन्दै सर्वोच्च अदालतको मुख्य गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
जबराले आफूमाथिको महाअभियोग टुंगो नलाग्दै सर्वोच्च फर्किने बताए पछि सत्ता गठबन्धन पक्षधर वकिलहरू सर्वोच्चको गेट वरपर बाक्लो रुपमा उपस्थित भएका छन् ।
प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने विरोधको कार्यक्रम हुने न्यायधिसहरु बताउछन् । नेपाल बार एशोसिएसनको आकस्मिक बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने र महाअभियोग सिफारिस समितिले संसदलाई प्रतिवेदन समेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको न्यायाधीसहरुको भनाई छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने नेपाल बार, #चोलेन्द्रशमशेर राणा, #नेपाल बार एशोसिएसन


तपाईको कमेन्ट लेख्नुहोस्