काभ्रेस्थली कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

काठमाडौं। काभ्रेस्थली वडा न।२ स्थित काभ्रेस्थली कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी तार्केश्वर नगरपालिकाकी उपप्रमुख श्रृजना ब्रुलाकोटीले गर्नुभयो।
उपप्रमुख ब्रुलाकोटीले सहकारीले समाजमा उल्लेख्य योगदान गर्नसक्ने बताउनुभयो। उहाले सहकारीहरुले अब ठूलो परिणामको नतिजा दिनका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो।
विशेष अतिथीका रुपमा नगर सहकारी कार्यालय प्रमुख तिर्थराज थापा मगर,अतिथीका रुपमा नगर कृषि कार्यालय प्रमुख मिना थापा,नगर पशु सेवा प्रमुख धनपती राय यादव,तार्केश्वर वडा न।२ का वडाध्यक्ष राधाकृष्ण खड्गी,काभ्रेस्थली स्वास्थ्य चौकी प्रमुख विजय कुमार देव,स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष राधेश्याम फुयाल ‘शर्मा’ लगायतको उपस्थिति थियो।
संस्थाका अध्यक्ष रामसुदन भण्डारीको सभापतित्वमा सम्पन्न सभामा उहाँले नै वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षमा निक्षेप रु दुई करोड तेईस लाख एकासी हजार सात सय त्रियासीबाट वृद्धि भई दुई करोड पचहत्तर लाख अडचालिस हजार पाँच सय अन्ठाउन्न ९२३।०८ प्रतिशत ० वृद्धि भएको छ। लक्ष्मी बिडारी र शरदचन्द्र अधिकारीलाई उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान गर्ने क्रममा साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट ऋणीलाई सम्मान गरेको छ।
उत्कृष्ट समूह बचतमा सर्वकल्याणेश्वर महिला सशक्तीकरण कृषक समुहलाई सम्मान प्रदान गरियो। उत्कृष्ट मासिक बचत समुहमा नयाँबस्ती ढकालटारलाई प्रदान गरियो।उत्कृष्ट समूह व्यक्तिगत बचतमा लक्ष्मीनारायण महिला सशक्तीकरण कृषक समुहलाई सम्मान प्रदान गरियो।
उत्कृष्ट व्यक्तिगत मासिक बचतमा बिष्णु प्रसाद लामीछानेलाई सम्मान प्रदान गरियो। उत्कृष्ट महिला समूह संख्या सम्मिलित भण्डारी गाउँ महिला सशक्तीकरण समूहलाई सम्मान प्रदान गरियो। उत्कृष्ट कर्जा लगानी सबल महिला सशक्तीकरण कृषक समूहलाई प्रदान गरियो।
उत्कृष्ट कर्जा लगानी ऋण कुमार खड्गी र राम बिकलाई प्रदान गरियो। कार्यक्रममा बिशेष अतिथी शखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #काभ्रेस्थली कृषि सहकारी, #तार्केश्वर नगरपालिका, #श्रृजना ब्रुलाकोटी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्