जिवनमा आउने हारलाई सामना गर्न नसक्दा आत्माहत्या गर्नेहरुको संख्यामा बृद्धि: बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले जिवनमा आउने समस्याहरु र हारलाई सामना गर्न नसक्दा आत्माहत्या गर्नेहरुको संख्या बढेको बताएका छन् । समस्या हेरक मानिसको जिवनमा आई लाग्छन्, हामीले त्यसको सामना गरौँ भने भोलिका दिनमा त्यही चीज सबैभन्दा राम्रो भएर आउने उनको तर्क छ ।
नेपाल प्रहरीले आयोजना गरेको विश्व आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले समस्याको समना गर्न नसक्ने र आफुलाई निकै नै कमजोर छु भन्ने मनस्थितिले समाजमा यस्तो घटाना बढ्ने गरेको उनको भनार्इँ छ ।
“हामी हार्नदेखि निकै.नै डराईरहेको हुन्छौं । परिक्षामा फेल हुँदा,सोचेको जस्तो परिक्षाफल नआउँदा,कसैलाई प्रपोज गर्छौ त्यसको उत्तर नो आयो भने डराउँछौं । के चाही बुझ्दैनौँ एक जनालाई प्रपोज गर्दा नो आएपनि अर्को १० जनालाई गरे भईहाल्यो नि तर हामी त्यही एक जना बिना बाँच्नै सकिदैन भन्ने सोच हन्छ त्यो त गलत कुरा हो । हामी निकै कमजोर छौँ भन्ने सोच्छौं । मलाई आउँदैन मेरो योग्यता छैन्,सधै गाली गर्छन् किन राम्रो गर्न सकिरहेको छैन् भन्ने सोचिरहेका हुन्छौं । तर त्यसले केही फरक पर्दैन तपाईको सबैभन्दा नराम्रो चिजनै पछि राम्रो हुन् सक्छ ।”
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगर, #बालेन्द्र शाह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्