पदमा रहे पनि नरहे पनि दोलखाली जनताको साथमा सधैं रहने छु : पार्वत गुरुङ

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधिसभाका सांसद पार्वत गुरुङले आगामी दिनमा पदमा रहे पनि वा नरहे पनि सम्पूर्ण दोलखाली जनताको साथमा सधैं रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दोलखाली जनताको बलमा आफू सांसद तथा मन्त्री बन्न सफल भएको स्मरण गर्दै सांसद गुरुङले सम्पूर्ण दोलखाली जनता र आफूसम्बद्ध पार्टी नेकपा एमालेलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पूरा हुनु केही घण्टाअघि उनले सामाजिक सञ्जालमार्फत दोलखाली जनताको उच्च सम्मान गर्दै धन्यवाद प्रकट गरेका हुन् ।
‘प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठक दोलखाली जनता, हाम्रो पार्टी नेकपा एमाले र नेपालको संविधानले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्दै आज असोज १ गते रातको १२ बजेदेखि समाप्त हुँदैछ,’ उनले लेखेका छन्, ‘यसबीचका आरोह अवरोह, कठिन घुम्ती र मोडहरुलाई पार गर्दै पाँच वर्षको यो यात्रामा म सांसद, मन्त्री हुँदा र हाम्रो पार्टी सरकारमा रहँदाको उपलब्धी दोलखाली जनताको बलमा प्राप्त भएको हो ।’
आफूलाई राज्यको महत्वपूर्ण जिम्मेवारीमा पुर्याउन मार्गदर्शन गर्ने सम्पूर्ण दोलखाली जनता, नेकपा एमाले र आफूसम्बद्ध पार्टी नेतृत्वप्रति उनले धन्यवाद ज्ञापन गर्दै लेखेका छन्, ‘यो सबै काममा मार्गदर्शन गर्नुहुने सम्पूर्ण दोलखाली जनता, नेकपा एमाले र पार्टी नेतृत्वप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । मलाई विश्वासका साथ यो जिम्मेवारी दिनुहुने दोलखाली जनतालाई सम्मान गर्दै आउने दिनमा पदमा रहे पनि नरहे पनि सम्पुर्ण दोलखाली जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #पार्वत गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्