केपी ओलीले भूपरिवेष्ठित नेपाललाई भू–जडित बनाए, त्यो महत्वपूर्ण सम्झौता हो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित देश नेपाललाई भू–जडित बनाउने महत्वपूर्ण काम गरेको बताएका छन् ।
शनिबार बसेको प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले अध्यक्ष ओलीले गरेको कामहरूको प्रशंसा गर्दै सो कुरा बताएका हुन् ।
‘खड्ग प्रसाद (केपी) शर्मा ओली प्रधानमन्त्री भएको बेलामा उत्तरतिरको देश चीनसँग पनि पारवहन प्रोटोकलमा हस्ताक्षर भएको छ,’ उक्त काम अत्यन्तै राम्रो र महत्वपूर्ण रहेको भन्दै खनालले भने, ‘चीनले नेपाललाई तीन–तीन वटा बन्दरगाह दिन्छौँ भनिसकेको छ । चीनका राष्ट्रपति यहाँ (नेपाल) आउँदा पनि आफ्नो मन्तव्यमा पनि घोषणा गर्नुभएको छ कि ‘तपाइँहरूको देश अबदेखि भूपरिवेष्ठितबाट भू–जडित भयो’ भनेर पनि घोषणा गरिसक्नुभएको छ ।’
नयाँ बन्ने आगामी सरकारले पनि पारवहन समस्यालाई गम्भीरतापूर्वक लिएर भएका सम्झौतालाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्नेमा उनको जोड छ । ‘पारवहन सम्झौता हाम्रो देशको स्वतन्त्रतासँग, राष्ट्रियता अखण्डतासँग, सार्वभौमसत्तासँग र देशको समृद्धिसँग सम्बन्धित विषय हो,’ खनालले भने, ‘दक्षिणी छिमेकीबाट चार–चार पटक भएको नाकाबन्दीलाई हामीले बिर्सन हुँदैन । मित्र त हाम्रा सबै मित्र हुन् तर, कुनै मित्र रिस उठ्नेवित्तिकै ङ्याक्क पारिहाल्छन्, कुनै मित्र त्यस्ता अलि छैनन् । त्यसकारण सबै मित्रहरूसँग हाम्रा सम्बन्धहरू चाहिँ राम्रो बनाउनुपर्छ ।’
पारवहन सुविधा दुवैतिर खुला हुँला एउटाले औंला देखाउँदा अर्कोतिर हामीले सुविधा लिन सकिने खनालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #झलनाथ खनाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्