अछामका बाढीपीडितलाई तत्काल उद्धार तथा राहत दिन भीम रावलको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अछाम जिल्लाका धेरै ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको हुँदा तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरिएको छ ।
बैठक प्रारम्भ हुनेबित्तिकै सांसद भीमबहादुर रावलले अविरल वर्षाका कारण अछाम जिल्लामा धेरै ठूलो धनजनको क्षति भएको र अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको अवस्था रहेको जानकारी गराउँदै गृहमन्त्रीसँग तत्काल उद्धार र राहतका लागि आग्रह गर्नुभयो ।
उहाँले अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी पहिरोले बाटो अवरुद्ध भएका कारण जान नसकेको हुनाले हेलिकप्टरमार्फत लत्ताकपडा, खाना र घाइतेको उपचारका लागि सामान पु¥याउने काम गर्न अनुरोध गर्नुभयो ।
उहाँले नेपाली सेनाको हेलिकप्टरमा चिकित्सकसमेत पठाएर घाइतेको उपचार गर्न माग गर्नुभयो ।
सांसद यज्ञबहादुर बोगटीले सोही जिल्लाको बाढीपीडितको उद्धार र राहतका लागि तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले घाइतेको औषधोपचार र क्षतिपूर्ति तथा राहतका लागि प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गर्नुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #अछामका बाढीपीडितलाई तत्काल उद्धार तथा राहत दिन भीम रावलको माग, #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्