कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

कर्णाली। कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्य भएको जनाएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश सचिवालयले जानकारीका लागि सूचना प्रकाशन गरेको उपसचिव तेजप्रकाश जोशीले जानकारी दिनुभयो ।
संवैधानिक व्यवस्थाअनुसार शुक्रबारेदेखि प्रदेशसभाका सभामुख, उपसभामुख तथा सदस्यको पाँच वर्षे कार्यकाल सकिएकाले सूचना निकालिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेशसभा, #कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्