डा. गोविन्द केसीको आइसियुमा उपचार हुँदै

धनगढी ।चिकित्सा क्षेत्र सुधार लगायत सात बुँदे माग राख्दै धनगढीमा अनसनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसियुमा राखेर उपचार थालिएको छ। डा.केसीले गत सोमबारदेखि धनगढी स्थित धर्मशाला पुगेर आमरण अनसन सुरु गर्नुभएको थियो ।
डा.केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि हाल उहाँलाई सेती प्रादेशिक अस्पतालको आईसियू राखेर उपचार थालिएको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसीको रक्तचाप, सुगरको मात्रा घट्दै जानुका साथै श्वासप्रश्वास, मुटुको धड्कनमा गडबडी हुने जस्ता स्वास्थ्य समस्या देखिएको छ ।
यसैबिच राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अस्पतालमा उपचाररत डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय निर्देशक मोहन जोशी नेतृत्वको टोलीले अस्पताल पुगेर डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोविन्द केसी, #डा. गोविन्द केसीको आइसियुमा उपचार हुँदै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्