प्रतिनिधिसभाबाट तीन विधेयक बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त तीन विधेयकलाई सभाको बहुमतले स्वीकृत गरेको छ ।
बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ छलफलका लागि छुट्टाछुट्टै रुपमा सभामा प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते शनिवार दिउसो १ बजे बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा, #प्रतिनिधिसभाबाट तीन विधेयक बहुमतले स्वीकृत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्