लगनखेल बसपार्कमा शाही युवा शक्तिको बृहत आमसभा
शाही युवा शक्ति नेपाल ललितपुर जिल्ला कार्य समितिको आयोजनामा ललितपुर, लगनखेल बसपार्कमा बृहत आमसभा सम्पन्न भएको छ । वर्षाका वाबजुत पनि दिउसो १ बजेबाट सुरु भएको कार्यक्रम ५ बजेसम्म चलेको थियो ।
पुरानो राष्ट्यि गीत ‘श्रीमान गम्भिर……’ बजाएर कार्यक्रमको सुरुवात गरेको थियो । हिन्दू राष्ट्र र राजतन्त्रको माग सहित आयोजना गरिएको आम सभालाई केन्द्रिय अध्यक्ष पशुपति खड्का, ललितपुर जिल्ला अध्यक्ष रुपेश डङ्गोललगायतले सम्बोधन गरेका थिए ।
संस्थाका केन्द्रिय सदस्य राजकुमार महर्जनको संयोजकत्वमा सम्पन्न कार्यक्रममा हाँस्य कलाकार तथा लोक दोहोरी गाएक धनराम मुस्कान, वर्षा सिल्वाल, गोबिन्द दुलाल, दीपक रमण, मित्र केसी, ओजश्री झालगायतले आ-आफ्नो प्रस्तुति मार्फत उपस्थित स्रोताहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा देश भक्तिका गीत, सङ्गीत बढी गुञ्जिएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष पशुपति खड्काले ‘७६ बैशाख १ गते राजा पुन राजगद्दीमा बसि श्रीपेच लगाउने र हिन्दू राष्ट्र पनि कायम हुने छ’ भनेका थिए ।

असिना सहितको दर्केझरीमा पनि सभास्थलमा मानिसको बाक्लो उपस्थितिका कारण ट्राफिक ब्यबस्थापनमा प्रहरीलाई हम्मे हम्मे परेको परेको थियो । कार्यक्रम संचालन चर्चित सन्चारकर्मी प्रदीप सिंह थापाले गरेका थिए कार्यक्रम संयोजक राजकुमार महर्जन रहेको कार्यक्रममा हास्य कलाकार तथा लोक दोहोरी गाएक धनराम मुस्कान ,बर्षा सिलवाल,गोबिन्द दुलाल,दिपल रमन ,मित्र केसी ,ओज श्री झा लगाएतले देश भक्ती गीत संगीत प्रस्तुत गरेका थिए भने आकर्षक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्