सरकारले विकासमा प्रतिशोध लिन खोज्यो : खगराज अधिकारी

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको १६५ निर्वाचन क्षेत्रको रणनीतिक सडकको योजनामा अहिलेको सरकारले चासो नदिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले विकास निर्माणका आयोजनामा गम्भीर षड्यन्त्र गरेको र सरकारलाई विकास विरोधीको आरोप लगाएका छन् ।
‘अघिल्लो सरकारले रणनीतिक महत्वका सडकहरु १६५ निर्वाचन क्षेत्रमै अगाडि बढायो । आज ती सुुुशुुप्त अवस्थामा छन् । या तिनलाई रोकिएको छ । प्रतिपक्ष प्रतिनिधिसभाका सदस्यहरुले सिफारिस गरेका ठाउँहरुमा बजेट निकासा नदिने वा तिनलाई कामयावी हुन नदिनेसम्मको काम गरिएको छ । सरकार विकास विरोधी हुनु हुँदैन । सरकारले यदि प्रतिशोध साँध्न खोजेको हो भने जनताले यसको जवाफ चाहन्छन् । ’
सांसद अधिकारीले केपी शर्मा ओली नेतृत्वको सरकारले गुठी विधेयक ल्याउँदा त्यसलाई भड्काउनेहरु अहिले सरकारमा रहेको भन्दै गुठी विधेयकको अवस्थाबारे जानकारी मागेका छन्
क्याटेगोरी : समाचार
ट्याग : #खगराज अधिकारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्