Techie IT
सोमबार, वैशाख २२,२०८२

राष्ट्रपति भण्डारीसँग चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष लीको शिष्टाचार भेट


काठमाडौँ ।नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज अपराह्न भएको भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ नेता लीको नेपाल भ्रमणप्रति खुसी व्यक्त गर्नुभएको छ ।

भेटमा अध्यक्ष लीले सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहँदा पाएको सद्भाव, आत्मीयता र सम्मानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल, चीनको लामो समयदेखिकै असल छिमेकी रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ली बीच आपसी हित, मित्रता र सहकार्यलगायत नेपाल –चीन सम्बन्धको बहुआयामिक पक्षमा छलफल भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545