सार्वजनिक ऋण व्यवस्थापन विधेयक राष्ट्रिय सभा बाट सर्वसम्मपतिले स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई सर्वसम्मपतिले स्वीकृत गरेको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा वेदुराम भुसालले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।
त्यसैगरी राष्ट्रियसभाका सचिव राजेन्द्र फयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ सभासमक्ष टेवल गर्नुभयो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट विभिन्न विधेयक प्रमाणिकरणसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभयो ।राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते दिउँसो २ः५९ मा बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्