Techie IT
सोमबार, वैशाख २२,२०८२

वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुग्यो: ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंको विशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताए ।

‘राजनीतिक दलहरूमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको छ । मुलुकलाई सही दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्छ । दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न हुँदैन’, पोखरेलले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545