कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ ।
डेंगु रोगको जोखिम कम गर्नका लागि मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले सोमबार सूचना जारी गर्दै सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गर्नुभएको हो ।
मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुका समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको हो ।
साथै, डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नु पनि डा. अधिकारीले आग्रह गर्नुभएको छ ।
मन्त्रालयले डेंगु नियन्त्रणका लागि प्रदेश जिल्ला र स्थानीय तहसँगको समन्ययनमा डेंगु सार्ने लामखुट्टको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्