Techie IT
बिहीबार, वैशाख २५,२०८२

समृद्ध नेपाल निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक छ : पम्फा भुसाल


काठमाण्डौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तिय, पर्यावरणीय तथा प्राकृतिक प्रकोप लगायतका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छिन् ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले आज काठमाण्डौंमा आयोजना गरेको मानव विकास प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्रको निर्माणका लागि नेपालको प्रमुख आधार कृषि, पर्यटन र ऊर्जा भएकाले विकासका लागि जलस्रोतलगायतका प्राकृतिक स्रोतको उचित प्रयोग गर्नुपर्नेमा जोड दिईन ।

‘नेपालको अर्थतन्त्रको आधार भनेको कृषि, पर्यटन र उर्जा हो । देश विकासका लागि जल स्रोतहरुको प्रयोग गर्नु आवश्यक छ । पहिले विद्युत उज्यालोको लागि अहिलेको विद्युत उज्वल भविष्यका लागि भन्ने मान्यताका साथ अगाडी बढाउनु पर्छ । उर्जाको आन्तरिक खपत बढाउनुको साथै खपत बढाउन उर्जा आयात गरेर भएपनि आर्थिक विकास गर्नुपर्छ । जलस्रोत र ऊर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक छ ।’
उनले मानवमा परेको प्रभावलाई कम गर्न चुनौतिपूर्ण भएको र त्यसको सामना गर्नको लागि शिक्षा र स्वास्थ्य क्षेत्रको परम्परागत शैलिलाई परिर्वतन गर्नुका साथै यसको पहुँचलाई विस्तार गर्नुपर्ने बताईन् ।

‘असमानता, जलवायुजन्य विपत, अप्रत्यासित महामारीले मानव विकासलाई चुनौति दिएको छ । मानवलाई प्रभाव पारेको छ । पछिल्लो दशकदेखि मानिसमा पर्दै आएको तनाव रोग र चिन्ता अहिले कै उच्च भएको छ । यो चुनौतिको सामना गर्न विश्वले शिक्षा र स्वास्थ्य क्षेत्रमा परम्परागत शैलिलाई परिर्वतन गर्नुका साथै यसको पहुँचलाई विस्तार गर्नुपर्छ ।’

उनले देशको ९५ प्रतिशत जनतामा विद्युत पुगेको र आगामी २ वर्षभित्रमा सबै जनतामा स्तरीय विद्युत पुग्ने गरि का मगर्ने दमबी पनि गरेकी छन् ।
उनले नेपालको सन्दर्भमा सरकारले शिक्षा विषयलाई विषेश प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको बताउँदै नेपालले स्वास्थ्य क्षेत्रलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरेको र महामरीको समयलाई सचेत पूर्वक सामना गरेको पनि बताईन् ।


क्याटेगोरी : समाचार
ट्याग : #पम्फा भुसाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:17 am6:42 pm +0545