Techie IT
सोमबार, वैशाख २२,२०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका–१ घर भईकाठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेल रहेका छन् ।
उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले ४ दिन कैद र नगद ५लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थितगराइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बैंकिङ कसूर मुद्दाका फरार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545