बागमती प्रदेश सांसद माझीद्वारा राप्रपा परित्याग

मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिता माझीले पार्टी परित्याग गर्नु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सँघारमा माझीले आइतबार राप्रपा छोडेको घोषणा गर्नु भएको हो ।
राप्रपाले समानुपातिकबाट प्रदेशसभा सदस्य बनाएको माझी राप्रपाको निर्वाचित केन्द्रीय सदस्य हुन् । तत्कालीन राप्रपामा कमल थापा निकट मानिएकी रामेछाप निवासी माझीले अहिले मुलुकले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै राप्रपा वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने ढङ्गबाट अघि बढ्न नसकेको आरोप लगाउन भएको छ ।
“छरिएर रहेका सबै राष्ट्रवादी, देशभक्त प्रजातन्त्र प्रेमीहरूलाई समेटेर लैजान सक्ने सक्षम नेतृत्व मुलुकले खोजिरहेको छ । तर, दुर्भाग्य अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने ढङ्गबाट राप्रपा अघि बढ्न सकेन । साँघुरो सोच र व्यवहार, अंहकार, कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वाभाविक रुपमा लिएका छन्,” माझिले आरोप लगाउनु भएको छ ।
उहाँले राप्रपा बाहिरबाट हेर्दा मोटाएको जस्तो देखिने तर भित्रभित्रै रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्नु भएको छ । “यो सबै घाम जत्तिकै छर्लङ्ग तथ्यलाई बुझेर पनि भावना शून्य, बिचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु,’ उहाँले भन्नुभएको छ । माझी कमल थापा नेतृत्वको राप्रपा नेपाल प्रवेशको तयारीमा रहेको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश सांसद माझीद्वारा राप्रपा परित्याग, #राष्ट्रिय प्रजातन्त्र पार्टी, #रिता माझी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्