राष्ट्रको उत्थानका लागि सबै नागरिक मर्यादित र संस्कारयुक्त बन्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक मर्यादित र संस्कारयुक्त बन्नुपर्नेमा जोड दिनुभएको छ ।
आज काठमाडौँमा आयोजित किताब जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले प्रत्येक नागरिक राज्यप्रति जिम्मेवार र समर्पित हुनुपर्ने बताउनुभयो ।
अनुशासित र संस्कारयुक्त नागरिक हुनका लागि पठन संस्कृतिको विकास आवश्यक भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले अध्ययनबाटै सत्य तथ्यको पहिचान गर्ने क्षमताको विकास हुन बताउनुभयो ।
उहाँले नयाँ नयाँ पुस्तकहरूको अध्ययनबाट क्षमतावान् नागरिकहरू उत्पादन हुन सक्ने र त्यस्ता नागरिक नै राष्ट्रको समृद्धिका जग हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्