प्रधानमन्त्री पद मेरो प्राथमिकतामा छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पष्टिकरण दिएका छन् । पोखरा पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरागर्दै गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा कुनै चर्चा पनि नभएको र आफ्नो कुनै दाबी नरहेको बताए
“अहिले हामीले प्रधानमन्त्रीको कुनै चर्चा गरेका पनि छैनौँ र अहिले अगाडी नै प्रधानमन्त्री फलानो भनेर लैजाने मुडमा गठबन्धन छैन, म पनि छैन ।”
गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको उल्लेख गर्दै आज भोलिनै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने दाबी गरे । उनले आफू चितवनबाटै निर्वाचन लड्ने कुरा आज पनि दोहोर्याएका छन् । चितवनका जनताको भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डको भनाई छ ।
प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका बारेमा बोल्दै भने,दुबै सदनले पास गरेर दोस्रो पटक राष्ट्रिपतिकोमा पठाएको छ, ‘अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार संविधानले दिएको छैन ।’
“संविधानले राष्ट्रपतिलाई एकपटक यस्ता विधेयकहरुमा आफुलाई केही चित्त बुझेन भने फेरि एकचोटी हेर भनेर पठाउँने अधिकार दिएकै छ तर, दोस्रो पटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास गरेर पठाई सकेपछि अब यताउता गर्ने अधिकार संविधानले कसैलाई दिएको छैन, राष्ट्रपतिलाई पनि !”
प्रचण्डले नागरिकता बिहिन ७ लाख नेपाली नागरिकलाई वंशजका आधारमा नागरिकता दिनका लागि नागरिकता विधेयकमा हतार गरिएको बताउँदै बैबाहिक अंगिकृतको हकमा सात वर्षे प्रावधानमा आफ्नो पार्टीको अडान कायमै रहेको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्