सन्दीपविरुद्ध महत्वपूर्ण प्रमाण फेला पारेको प्रहरीको दाबी

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको पक्षमा प्रहरीले बलियो प्रमाण भेटाएको दाबी गरेको छ । उनीहरू बसेको होटलको सीसीटिभी फुटेज संकलन गर्ने क्रममा महत्त्वपूर्ण फुटेज भेटिएको प्रहरीले दाबी गरेको हो।
प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज अनुसार लामिछाने किशोरीलाई लिएर भदौ ५ गते राति ११ बजेर ५५ मिनेटमा होटलभित्र प्रवेश गरेको देखिएको छ।
सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको प्रहरी स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।
त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ। प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ ।
लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि लामिछानेको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा गएको थियो । सो घटना त्यसअघि भएको बुझिएको छ ।
भदौ ५ गते किशोरीलाई आफ्नो निजी कारमा लिएर नगरकोट पुगेको र नगरकोटमै बस्ने योजना भएपनि किशोरीले नमानेपछि पुनः फर्किएर काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि काठमाडौं आएर होटलको एउटा कोठा बुक गरेर उनीहरू सँगै बसेको पाइएको छ। जाहेरी आएसँगै प्रहरीले होटलमा गएर प्रमाण संकलन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्