साफ महिला च्याम्पियनसिपमा आज भारत पाकिस्तान भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज भारत पाकिस्तान एकआपसमा भिड्दैछन् । दशरथ रंगशालामा हिजोदेखि सुरु च्याम्पियनसिपमा आज चिरपरिचित प्रतिद्वन्द्वीहरु खेल्न लागेका हुन् ।
साफ च्याम्पियनसिपमा साविक विजेता भारत र पाकिस्तानको मात्र एकपटक भेट भएको छ । २०१० बंगलादेशमा पहिलो साफको सेमिफाइनलमा पाकिस्तानले भारतलाई ८–० को नतिजामा सुम्पिएको थियो ।
त्यसपछि लगातार तेस्रो साफसम्म सहभागिता जनाएको पाकिस्तानको भेट भारतसँग भएको छैन । चौथो साफबाट सहभागिता नजनाएको पाकिस्तान यो पटक भने बलियो मैदानमा उत्रिएको हो । पाकिस्तान आठ वर्षको लामो अन्तरालपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको हो ।
दशरथ रंगाशालामा हुनेखेल १ बजे सुरू हुनेछ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा घरेलु टिमले भुटानलाई ४–० को नतिजामा हराएको थियो ।
आजै ५ ः ३० बजे हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #साफ महिला च्याम्पियनसिप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्