नेकपा एस नेपाल र नेपाली समाजको रुपान्तरणका लागि प्रतिबद्ध छ: माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी नेपाल र नेपाली समाजको पूर्ण रुपान्तरणलागि प्रतिबद्ध रहेको बताएका छन् । उनले समाजको रुपान्तरणको लागि विसङ्गति पक्षहरुको पहिचान गरि समाधानको उपाय अगाडि सार्ने जिकिर गरे ।
मंगलबार नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले सामाजिक विभेदको विरुद्ध सामाजिक जनचेतना र जागरण फैलाउनुपर्नेमा जोड दिए ।
“नेपाल र नेपाली समाजको पूर्ण रुपान्तरण प्रतिबद्ध भएको पार्टी एकीकृत समाजवादी नै हो । यो समाजको सम्पूर्ण रुपान्तरण गर्नको लागि यहाँ रहेका विसङ्गति, असङगत पक्ष लगाएतका समस्याहरुको पहिचान गर्दछ । यी समस्याको पहिचान गरेर समाधानको उपाय पनि अगाडि सार्दछ । समाधान गर्नको लागि आफ्नो शक्तिले दिएसम्म अगाडि बढ्ने काम पनि गर्दछ ।”
नेपालले समस्या, अत्याचार लगाएतका घटनाक्रमहरुबाट उत्पीडनमा परेको समाजको हितको लागि आवाज उठाउनुपर्ने धारणा राखे । आफूहरुको प्रमुख उद्धेश्य भनेको समाजवाद स्थापना गर्नुरहेको नेता नेपालको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##माधव कुमार नेपाल, #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्