सञ्चारमन्त्री कार्की सुनसरी- ४ बाट सर्वसम्मत सिफारिस
इनरुवा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ ।
केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ डा अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस हुनुभएको छ । त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट १० जनाको नाम सिफारिस गरिएको छ ।
यसरी सिफारिस हुनुहुनेमा रेवतीरमण दुलाल, उपेन्द्रबहादुर कटुवाल, सदानन्द मण्डल, मनोजकुमार साह, सुरेन्द्रप्रसाद गुप्ता, सुशीला खनाल पौडेल, मो वाजुद्दीन मन्सुरी, प्रमोद खेरवार, ओम कोइराला र ताराबहादुर कार्की हुनुहुन्छ ।
त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति अयुव अन्सारीले जानकारी दिनुभयो ।
समानुपातिकतर्फ फरिदा खातुन, अनु गुरुङ, पङ्कजकुमार महतो, राधिका कटुवाल, अमरेन्द्रकुमार मेहता, बाबुराम विष्ट, रुपाकुमारी साह, भीमसिंह गुरुङ, चम्पा अधिकारी, मुना, बह्मदेव मरवैता, भीम कटुवाल, जीवन विष्ट, चित्रबहादुर कार्की, बाबुनन्द यादव र शङ्करकुमार बस्नेत सिफारिस हुनु भएको छ ।
क्षेत्र नम्बर ४(ख)बाट प्रत्यक्षमा इस्राइल मन्सुरी, पूर्णराज यादव, सत्रुधनप्रसाद यादव, सूर्यदेव दास उराँउ, हरिलाल मेहता र विष्णुदेव मण्डल सिफारिस हुन भएको छ । त्यसैगरी क्षेत्र नम्बर ४(ख) बाट समानुपातिकमा २१ जनाको नाम सिफारिस भएको छ ।
समानुपातिकमा नन्दकुमार सिग्देल, अम्बिका घिमिरे, फरिदा खातुन, अञ्जुदेवी मेहता, कृष्णकुमार भगत(बब्लु), गङ्गाराम मण्डल, ममता मेहता, जमुना गौतम पोखरेल, सुनिलकुमार पोखरेल, परमानन्द मेहता, रमानन्द पण्डित, ऋतुराज पोखरेल, विनिता दाहाल, रवीन्द्रकुमार मेहता, सेहनाज बेगम, विन्दुकुमारी पन्त, मञ्जुदेवी मण्डल, चञ्चल ठाकुर, ऋषिराम सुवेदी, मन्जुदेवी मण्डल र मीरा मण्डल सिफारिस हुनु भएको क्षेत्रीय सचिव खड्काले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्रबहादुर कार्की
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्