प्रहरीको नक्कली परिचयपत्र देखाइ लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

चितवनमा नक्कली प्रहरी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षकको नक्कली परिचय पत्र देखाएर आइसक्रिम तथा कुल्फी विक्री गर्ने भारतीय नागरिक विरेन्द्र साहलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विशाल पौडेल र विजय महत रहेका छन् । कालिका नगरपालिका ८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना ३५ प ६५२० नम्वरको स्कुटरसहित उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपितहरुले कालिका नगरपालिका ८ गैरीवारीमा आईसक्रिम तथा कुल्फी बेच्दै हिँडेका भारतीय नागरिक ४७ वर्षीय विरेन्द्र साहलाई ‘हामी प्रहरी हौं’ भनी प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की दिई पाँच हजार ४०० रुपैयाँ लुटपाट गरी भागेका थिए ।
भदौ १८ गते बिहान करिब साँढे ११ बजे भएको उक्त घट्नामा प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीको टोलीले आरोपितहरूलाई दुई घण्टाभित्रै पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ परेका उनीहरूलाई चोरी तथा डाँका सम्बन्धि कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमती लिइ अनुसन्धान गर्ने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्