Techie IT
सोमबार, वैशाख २२,२०८२

सभामुख सापकोटा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस


सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण  बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा हालका सभामुख अग्नि प्रसाद सापकोटा, फूलम तामाङ, माधव सापकोटा सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद  पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर  तामाङ, दलित गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस हुनुभएको छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ, आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ, दलितबाट राजु खाती, आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा, अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस हुनुभएको छ ।

प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा, प्रताप सि तामाङ सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिक तर्फ खस आर्य अमृता नेपाल, आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ, आदिवासी जनजातिबाट पदम श्रेष्ठ, दलितबाट सागर परियार, दलितबाट सुभाष सुन्दाश, अपाङ्गबाट टिकाराम पराजुली सिफारिस हुनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अग्निप्रसाद सापकोटा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545