घोषणापत्रमा समेटिनुपर्ने विषयबारे सर्वसाधारणसँग एमालेले माग्यो सुझाव

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक विषयबारे सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित घोषणा पत्र मस्यौदा कमिटीले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्तीलाई १५ भदौसम्ममा सुझाव दिन आह्वान गरेको थियो । पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ–आफ्नो सुझाव समेत दिइसकेको पनि जनाइएको छ ।
एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझाव आह्वान गरेको हो । एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले गर्नुपर्ने कामको सुझाव दिन चाहे २५ भदौ २५ भित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिन आह्वान गरिएको छ ।
सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने partyhq@cpnuml.org मार्फत पनि सुझाव पठाउन सकिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #घोषणापत्रमा समेटिनुपर्ने विषयबारे सर्वसाधारणसँग एमालेले माग्यो सुझाव, #नेकपा एमाले, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्