युवा नेता भट्ट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–७ बाट सिफारिस

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुन सुशील भट्टले आवेदन दिएका छन्।
नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय भट्टले मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवार हुन पार्टी क्षेत्रमा आवेदन दिएका हुन्।
उनले पार्टी केन्द्रसम्म आफ्नो पहुँच नभए पनि जनता र कार्यकर्तासँग पहुँच भएकोले प्रत्यक्षतर्फ चुनाव लड्नका लागि उम्मेदवारका लागि आवेदन दिएको बताएका छन्।
राजनीतिमा युवाहरू सक्रिय रहनुपर्ने र आगामी संसदमा पनि युवाको प्रतिनिधित्व हुनुपर्नेमा आफू सचेत रहेकोले अघि बढेको भट्ट बताउँछन्।
यसपालि कांग्रेसमा देशैभर युवाहरूले उम्मेदवार हुन क्षेत्रमा आवेदन दिइरहेका छन्। कांग्रेसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार क्षेत्र, जिल्ला र प्रदेशको सिफारिसअनुसार केन्द्रीय संसदीय बोर्डले टिकट दिने व्यवस्था छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभा चुनाव, #सुशील भट्ट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्