उपकुलपतिको कार्यालयमा लागेको ताला तत्काल खोल्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गरेको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद पदम गिरीले विशेष समय लिएर सत्ताधारी दलका विद्यार्थी सङ्गठनले लगाएको ताला तत्काल खोल्न माग गरेका हुन् । उपकुलपतिको कार्यालय बन्द हुँदा विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर परेको भन्दै सांसद गिरीले सरकारको आलोचना समेत गरेका छन् ।
‘तालाबन्दीले विश्वविद्यालय र विद्यार्थी दुवैलाई फाइदा पुगेको छैन,’ सांसद गिरीले भने, ‘यही भदौ ८ गते उपकुलपतिको कार्यकक्ष नै तोडफोड गरियो, भदौ १० गते विश्वविद्यालयको सामग्री र माइन्युट खोसिएको छ, त्यो शिक्षामन्त्रीले बुझ्नुभएको पाइएको छ, त्यो शिक्षामन्त्रीले बुझ्न पाउने हो कि होइन,’ उनले प्रश्न गरेका छन् ।
नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा स्वम् त्रिविको कुलपति हुनु र उनकै पार्टीसम्बद्ध विद्यार्थी सङ्गठनले विश्वविद्यालयका पदाधिकारीहरूलाई कुट्ने र मार्नेसम्मको धम्की दिँदै विश्वविद्यालय महिनौँदेखि बन्द गरिनु साह्रै लज्जाको विषय भएको सांसद गिरीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन विश्वविद्यालय, #पदम गिरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्