नेपाल (एमाले) तनहुँले भोलि प्रदेशसभा र पर्सी प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गर्ने

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि र पर्सी उम्मेदवार सिफारिस गर्ने भएको छ ।
पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको सचिवालय बैठकले भोलि अर्थात् भदौ १८ गते प्रदेशसभा तथा पर्सी अर्थात् भदौ १९ गते प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य सिफारिसका लागि प्रदेशसभा निर्वाचन समन्वय कमिटीको बैठक बसी प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिश गर्नेछ । यसरी नाम सिफारिस गर्दा प्रत्यक्षतर्फ कम्तीमा एक जना महिलासहित तीन जनाको नाम सर्वसम्मत सिफारिस गर्नुपर्ने छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक बसी प्रतिनिधसभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ । यसरी नाम सिफारिस गर्दा प्रत्यक्षतर्फ एक जना महिलासहित तीन जनाको नाम सर्वसम्मत सिफारिस गर्नुपर्नेछ ।
यसैगरी क्षेत्रीय समन्वय कमिटीबाट आएको नामलाई भदौ २० गते जिल्ला कमिटीको बैठक बसी प्रदेशमा सिफारिस गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल कम्युनिष्ट पार्टी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्