Techie IT
शनिबार, असार ७,२०८२

२४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ५५७ जनाको नमूना परीक्षणबाट २६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७३२ जनाको आरटी–पीसीआर गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९७ हजार ५२६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८२ हजार ३६६ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ५ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १५८ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ९१ हजार ९३५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३ हजार १५८ जना आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #२४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545