चर्चामा रूपन्देही–२ र ३, कसले मार्ला वाजी ?

काठमाडौ । रूपन्दही जिल्लाको संसदीय निर्वाचन क्षेत्र नम्वर २ बाट नेपाली काँग्रेस क्षेत्रिय समितिले गृहमन्त्री बालकृष्ण खाँणसहित पाँच जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । तर, उनले क्षेत्रनं. २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गर्नुभएको बताइएको छ ।
रूपन्देही –३ मा नेकपा(एमाले)का उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो भने क्षेत्रनं. २ को प्रतिनिधित्व गर्दै घनश्याम भुषाल सांसद हुनुहुन्छ । खाँडले क्षेत्रनं. २ बाट चुनाव लड्ने इच्छा राखेकाले भुषालसँगको भिडन्त लगभग पक्का भएको हो । क्षेत्रनं. ३ बाट एमाले उपाध्यक्ष पौडेल लगातार तीन पटक निर्वाचित हुँदै आउनुभएको छ । क्षेत्रनं. ३ मा नेकपा(एस)बाट राजु गुरुरूको नाम एकल सिफारिस भएको छ र उहाँले आफू गठबन्धनको उम्मेवाद भएकोभन्दै प्रचार पनि थालेको बताइएको छ ।
क्षेत्रनं. २ मा एमाले र काँग्रेससँगै राप्रापाका दीपक बोहराको पनि राम्रो प्रभाव रहेको मानिन्छ । राप्रपासँग एमालेको तालमेल भएमा भुषालले सहज जित निकाल्ने नभए त्रिपक्षिय भिडन्त हुँदा भुषालकै पल्ला भारी हुने स्थानीय बताउँछन् । क्षेत्रनं. ३ मा त तीन पटक एमालेका पौडेलले जित्दै आएकाले नै खाँणले भिडन आँट नगरेको बताइन्छ । नेकपा(एस)लाई सो क्षेत्र छाडे एमालेको भोट काटिएर पौडेल हार्न सक्ने आँकलनका कारण नै खासै जनमत नरहे पनि एसलाई सो क्षेत्र छाड्न काँग्रेस राजी भएको विश्लेषण छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कसले मार्ला वाजी ?, #घनश्याम भुषाल, #चर्चामा रूपन्देही–२ र ३, #बालकृष्ण खाँण, #रूपन्दही, #विष्णु पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्