विवेकशील साझा पार्टीका सात जना केन्द्रीय सदस्यले दिए संयुक्त राजीनामा

काठमाडौं। विवेकशील साझा पार्टीका सात जना केन्द्रीय सदस्यले संयुक्त राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्य लक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, बिराज भक्त श्रेष्ठ, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर छन् ।
विवेकशील साझा पार्टी पद्धति, पारदर्शिता, जबाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्मविपरीत रहेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।
‘सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक सम्वृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभास सहित हामीले पार्टीको केन्द्रीय समिति सदस्य नरहने गरी राजीनामा दिने निर्णय गरेका छौँ,’ राजीनामा पत्रमा भनिएको छ ।
उनीहरूले पाँच वर्षसम्म महाधिवेशनसम्म पनि गर्न नसक्ने विवेकशील साझा पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्नेछ भन्नेमा आफूहरूलाई विश्वास नलागेको पनि पत्रमा उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #विवेकशील साझा पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्