एक पार्टी सदस्यले दुईजना मतदाता थप्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एक पार्टी सदस्यले दुईजना मतदाता थप्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले पार्टीकै नेतृत्वमा सरकार बन्ने भएकाले एक जना पार्टी सदस्यले २ जना मतदाता थप्नेगरी कार्यक्षेत्रमा खट्न निर्देशन दिएका हुन् ।
“हरेक पार्टी सदस्यले पुराना होईन नयाँ पहिला मतदाता नभएका कमसेकम २ जनामतदाता थपेपछि राम्रो भनेर बस्ने होईन । २ जना थपेपछि २ सय २ हजार जतिथपे पनि हुन्छ ।”
ओलीले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुट्ने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् । बैठकमा उनले जनाताका मतको रक्ष र आफ्नो मतलाई सुरक्षा गर्नसमेत नेता कार्यकर्तालाई सम्झाएका छन् ।
“हामी युथफोर्सको रुपमा जनताको मतको रक्षागर्ने, जनताका मतको हरण हुननदिने, जनताका मत रोकिन नदिने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने …..”
आजको बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी र ३४ सदस्यीय केन्द्रीय निर्वाचन सचिवालय गठन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश, जिल्ला, पालिका, वडा र बुथसम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय पनि बैठकले गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्