बुढीगण्डकी आयोजनालाई यसै बर्ष अघि बढाउने तयारी भइरहेको छ : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासले मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ ।
मन्त्रालय आज आफूले मन्त्रालय सम्हालेदेखि प्राप्त उपलब्धि सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले आफू आएदेखि ऊर्जा क्षेत्रको विकास, उत्पादन, विस्तारमा ध्यान दिएको बताउनुभयो ।
उहाँले गरिबीमुक्त मुलुक बनाउँदै समाजवाद तर्फ लैजान ऊर्जा क्षेत्रको विकासले महत्त्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो ।
मन्त्री भुसालले आफू आएपछि विद्युत् व्यापारको थालनी गरेको, बीस युनिटसम्मको विद्युत् महसुल निःशुल्क गरेको, विद्युत् महसुस घटाएको र वर्षा र हिउँदमा फरक फरक विद्युत् महसुल दर कायम गरेको जानकारी दिनुभयो ।
उहाँले लोड सेन्टरमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण यसै वर्षमा अघि बढाउने तयारी भइरहेको बताउनुभयो ।
मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय ७६ दशमलव ६६ र भौतिक प्रगति ८० प्रतिशत हासिल गरेको बताउनुभयो ।
१७ बुँदे उपलब्धि सार्वजनिक गर्दै मन्त्री भुसालले गत आवमा विद्युत् उत्पादन क्षमता ७ सय ४१ मेगावाट थप भई कुल विद्युत् उत्पादन क्षमता २ हजार २ सय ६९ मेगावाट पुगेको बताउनुभयो ।
उहाँले महसुल पुनरावलोकन गरी सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिएर प्रति युनिट २ रुपैयाँसम्म महसुल कायम गरिएको जानकारी समेत दिनुभयो ।
देशको करिब ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको बताउँदै मन्त्री भुसालले आगामी दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने कार्ययोजना अघि बढाइएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पम्फा भुसाल, #बुढीगण्डकी जलविद्युत आयोजना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्