Techie IT
मंगलबार, वैशाख २३,२०८२

सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलले गर्यो लैनचौर वृतको प्रमुखमा गणेश बमलाई स्वागत तथा दाहाललाई बिदाइ


काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र ठमेलले शनिबार लैनचौर प्रहरी वृत्तमा भर्खर मात्र आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बहादुर बमलाई स्वागत तथा करिब १४ महिना सोही वृत्तमा बसी सेवा गरेका प्रहरी नायव उपरिक्षक दुर्गा प्रसाद दाहाललाई बिदाई गरेको छ । साथै टोलटोलमा भएका समस्या र समाधान समबन्धि सल्लाह सुझाब कार्यक्रम पनि रहेको थियो।

कार्यक्रममा बोल्दै लैनचौर वृत्तका प्रमुख गणेश बमले मुख्य गरि ड्रग्स , चोरी र लुटपाटलाई महत्व दिएर काम गर्ने बताए । ‘यस ठाउँमा भर्खरै आएकाले अध्ययन गर्दैछु । शान्ति सुरक्षा कायम गर्नको लागि एक अर्कालाई हातेमालो गर्दै अगाडी बढियो भने समाजमा रहेका विकृति, विसंगतिहरुलाई हटाएर सभ्य र शान्त समाजको निर्माण गर्न सक्छौं । हामी तपाईहरुको सुरक्षाका लागि २४ सै घण्टा खटिन प्रतिवद्ध छौं । विकृति विसंगति न्यूनीकरणको लागि नेपाल प्रहरी नेतृत्वदायी भूमिका खेल्ने छ, तपाइहरुको साथ र सहयोग भयो भने निश्चय पनि यो क्षेत्रलाई सुरक्षित क्षेत्रको रुपमा अगाडी बढाउँन सक्छौं। ’ –उनले भने ।

त्यसैगरी करिब १४ महिना लैनचौर वृत्तमा रहेर सेवा गरेका प्रहरी नायव उपरिक्षक दुर्गा प्रसाद दाहालले आफ्नो सेवाअवधिभर साथ् र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले भने, ‘ मैले आउने बित्तिकै भनेको थिए, शान्ति सुरक्षा भन्ने बिषयबस्तु अनुभूत गर्ने हो। धेरै सुरक्षाकर्मी राखेर अत्याधुनिक हातहतियार राखेर त्यसको घेरामा बस्ने मान्छेले पनि सुरक्षित महसुस नगरेको हुन सक्छ। मैले त्यो कुरा पनि भनेको थिए। शान्ति सुरक्षा दिन तपाइहरुको अगाडी जो उभ्भिएको छ उ प्रति तपाइहरुको विश्वास हुनुपर्छ। यो कुराको मुल्यांकन गर्ने जिम्मा तपाइहरुलाई नि दिएको थिए। कति सफल र कति असफल को मुल्यांकन तपाइहरुले गर्नुभएको नै छ।’ उनले आफुले काम गर्दा कसैले पनि औंला नउठाएको र शान्ति सुरक्षा कायम राख्ने कुरामा आफु संधै अगाडी रहेको र कुनै पनि कम्प्लेन नआएको बताए। उपस्थीत् स्थानीयहरुले पनि दाहालले गरेको कामलाई खुलेर प्रशंशा गरेका थिए। दाहालले आफुलाई जस्तै अहिले आएका नयाँ प्रहरी प्रमुखलाई पनि सबैलाई साथ् दिन आग्रह गरेका छन्। सबैको टोल-टोल र घरमा पुगेर समस्या समाधान गरेको दाहालको भनाइ थियो। उनले आफ्नो कार्यकालमा लुटपाट र चोरीको घटनाहरु घटेको बताए।

कार्यक्रमको उपस्थित स्थानीयहरुले नयाँ प्रहरी प्रमुख बम समक्ष आफ्नो ठाउँको समस्याहरु राखेका थिए। उनीहरुले विशेषगरि लागु औषध र चोरी लुटपाटको घटना बेलुकी पख हुने गरेको र बालाजु पुल यता जडान गरेको सिसिटिभीको संरक्षणको लागि आग्रह गरेका थिए। प्रहरी प्रमुख बमले आफुले उक्त कुराहरु टिपोट गरेको र ध्यानाकर्षण भएको बताएका छन्।

दाहालको स्थानमा आएका डिएसपी गणेश बम यस अघि कर्णाली प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए । दाहाललाई भने लैनचौरबाट केन्द्रिय अनुसन्धान व्युरो महाराजगन्ज सरुवा गरिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र ठमेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:18 am6:41 pm +0545