काठमाडौं–६ मा चुनाव लड्ने हल्ला मात्रै हो , म गुल्मी–२ बाटै चुनाव लड्छु : गोकर्ण विष्ट

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन उठ्ने बताएपछि तुलनात्मक रूपमा पार्टीमा लोकप्रिय मानिएका विष्ट गुल्मीबाहेक अन्य क्षेत्रबाट पनि चुनावमा उठ्न सक्ने जिल्लाका केही नेताहरूले बताउँदै आएका छन् ।
तर विष्टले भने आफू जन्मभूमि भएको निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा नजाने दाबी गरेका छन् । ‘म गुल्मी–२ बाट नै चुनाव लड्छु, अन्य क्षेत्रमा कसैले हल्ला चलाएको भए त्यसलाई हल्लाका रूपमा मात्रै बुझ्नपर्छ’, विष्टले भने ।
यसअघि लगातार चारवटा निर्वाचनमा गुल्मी–२ बाट उठेका विष्ट २०६४ मा भएकाे निर्वाचनमा मात्रै पराजित भएका थिए ।
काठमाडाैं–६मा यसअघि एमालेका युवा नेता योगेश भट्टराईले पनि प्रतिस्पर्धा गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण विष्ट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्