जनभावना अनुसार काम गर्न जनप्रतिनिधिलाई मन्त्री कार्कीको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको मन नजितेसम्म जनप्रतिनिधि हुन नसकिने बताएका छन् । कार्कीले स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै जनप्रतिनिधिलाई जनभावना अनुसार काम गर्न निर्देशन समेत दिए ।
प्रदेश–१ का स्थानीय निकायबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विकास निर्माण, सेवा प्रवाह र जनताको गुनासोलाई सम्बोधनलाई मुख्य केन्द्रबिन्दुमा राख्नुपर्ने जिकिर गरे ।
“तपाईहरु जनताको सबैभन्दा नजिकको सरकार हो । त्यसैले तपाईहरुलाई जुन विश्वासका साथ आफ्ना जनताहरुले निर्वाचित गराएका छन्, त्यो विश्वासका साथ तपाईहरुले काम गर्नुहुनेछ भन्ने विश्वास हामी सबैले लिएका छौं । मेरो विचारमा मुख्य तीन वटा काम छन्, विकास निर्माण, सेवा प्रवाह र जनताको गुनासोलाई सम्बोधन गर्ने। यी तिनवटा कुरामा ध्यानकेन्द्रित गर्नुभयो भने ५ वर्षपछि पनि जनताले कांग्रेसका उम्मेद्वारलाई जिताउने छन् ।”
मन्त्री कार्कीले निर्वाचन नजिकिँदै गरेको स्मरण गराउँदै ५ दलीय गठबन्धन साथमै रहने प्रष्ट पारे । उनले मुलुकको स्थिरता, विकास र विकासोन्मुखबाट विकाशशील बनाउनका निमित्त आउने निर्वाचनमा बहुमत ल्याउनुपर्ने जोड दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #जनभावना अनुसार काम गर्न जनप्रतिनिधिलाई मन्त्री कार्कीको निर्देशन, #ज्ञानेन्द्रबहादुर कार्की
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्