Techie IT
सोमबार, वैशाख २२,२०८२

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केहि र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती गण्डकी प्रदेशका एक दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेको पहाडी भू–भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545