अफगानिस्तानमा अविरल वर्षापछि आएको बाढीका कारण ३१ जनाको मृत्यु

काठमाडौं । उत्तरी अफगानिस्तानको परवान प्रान्तमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । बाढीबाट अरु १७ जना घाइते भएका छन् ।
अफगानिस्तानमा शासन चलाइरहेको तालिबान नियन्त्रित बख्तर समाचार समितिले बाढीका कारण अरु दर्जानौँ बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।
हिन्दुकुश पर्वत शृङ्खलामा अवस्थित देशको पहाडी प्रान्त परवानमा मुसलधारे वर्षापछिको बाढीले धेरै आवासीय भवन र सयौँ एकड खेतीयोग्य जमिनमा क्षति भएको छ ।
बाढीका कारण परवान–बम्यान राजमार्ग अवरुद्ध भएको छ । पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जशिर प्रान्तलगायत अन्य धेरै प्रान्तमा पनि त्यसको असर परेको छ ।
विगत केही दिनदेखिको अविरल वर्षा र आँधीले देशका पूर्वी र मध्य क्षेत्रका तीन प्रदेशका अनेक गाउँबस्ती पनि प्रभावित भएका छन् ।
बाढीले सयौं आवासीय संरचना, हजारौँ एकड खेतबारी र दर्जनौं बगैँचामा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् ।
करिब दुई साताअघि मुलुकको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा आएको बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने धेरैजना घाइते भएका थिए ।
पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानकको बाढीले ठूलो धनजनको क्षति भएको तथा करिब दुई हजार नौ सय घरमा क्षति भएको छ ।
सडक र पुलहरू जस्ता महत्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन् । मनसुनी वर्षा र बाढीका कारण अफगानिस्तानमा चार सय जनाको मृत्यु भइसकेको बताइएको छ ।
यसैबीच, अफगानिस्तानको मौसम विज्ञान विभागले भोलि देशभरका २२ प्रान्तमा भारी वर्षा र बाढीको सम्भावना रहेको जनाउँदै सबैलाई सतर्क रहन चेतावनी दिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अफगानिस्तान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्